Breaking News

एसपीपी केपी ओलीकै पालामा नेपाल प्रवेश गरेको पुष्टि भयोः प्रचण्ड

Banner

चितवन, असार ३–

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीकै पालामा नेपालमा अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) प्रवेश पाएको जिकिर गरेका छन् ।

आज चितवनमा आयोजित समृद्ध भरतपुर महानगरको आगामी कार्यदिशा सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले ओलीको पालामा नै नेपालमा एसपीपी प्रवेश पाएको प्रमाणित भइसकेको बताए । इण्डो–प्यासिफिक स्ट्रेटिजी (आइपीएस) भ्रामक पनि सन् २०१९ मा ओलीकै पालामा भएको भन्दै दाहालले नक्कली राष्ट्रवादको ढोंगको पछि नलाग्न सबैमा आग्रह गरेका छन् ।

‘मैले एउटा कार्यक्रममा केपी ओलीकै पालामा एसपीपी नेपाल प्रवेश गरेको भनेको थिए, संसदमा एक जना वरिष्ठ भन्ने एमालेका नेताले प्रमाणित गर्न चुनौति दिन्छु भनेर उफ्रिनु भएछ, त्यसको ४ घण्टामै पुष्टि भयो’–प्रचण्डले भने ।

अमेरिकी सैन्य रणनीति सम्बन्धी रहेको एसपीपी बारे विस्तारै तथ्यहरु खुल्दै गएका छन् । अध्यक्ष दाहालले नक्कली राष्ट्रबादको पछि नलाग्न समेत आग्रह गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

>