देश/प्रदेश

सामाजिक सञ्जालमार्फत ब्ल्याकमेलिङ गदै पैसा उठाउने २ किशोरी सहित ६ जना पक्राउ

Banner

काठमाडौँ, असार ३-

राजधानीमा हनी ट्रयापमा संलग्न रहेको आरोपमा ६ जना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले २ युवतीसहित ६ जनालाई प्रकाउ गरेको हो ।

उनीहरूले सामाजिक सञ्जालमार्फत नजिक भएर युवासँग सम्पर्क गर्ने गरेको र पछि ब्ल्याकमेलिङका लागि नक्कली आफन्तदेखि पत्रकारसमेत खडा गर्ने गरेको प्रहरीको दाबी छ ।

पक्राउ पर्नेमा काभ्रेको ढुसेनी-३ स्थायी घर भई काठमाडौंको कोटेश्रर बस्ने १८ वर्षीया मनिषा परियार, भक्तपुरको सूर्यविनायक-९ की १९ वर्षीया निकिता केसी, , सुनसरीको इटहरी स्थायी घर भई काठमाडौंको चक्रपथ बस्ने ३० वर्षीय सन्जिव दर्जी र खोटाङको हलेसी-७ स्थायी घर भई काठमाडौंको तारकेश्वर बस्ने ३२ वर्षीय डिकबहादुर शर्मा हुन् । त्यस्तै ललितपुरको नखिपोट बस्ने दोलखाको मैलुङ-५ की २५ वर्षीया निमा लामा र सोही ठाउँ बस्ने दोलखाकै मैलुङका ३० वर्षीय पासाङ लामा पनि पक्राउ परेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.