Breaking News

आकाशमै इन्धन सकिन लागेपछि प्रधानमन्त्री देउवा चडेको हेलिकप्टर भैरहवामा अवतरण

Banner

काठमाडौँ, असार ३-

प्रधानमन्त्री शेरबहादुर देउवा चडेको हेलिकप्टर आकाशमै इन्धन सकिएर भैरहवामा अवतरण गरेको छ । हेलिकप्टर उड्दा उड्दै आकाशमै इन्धन सकिन लागेपछि भैरहवामा आकस्मिक अवतरण गरिएको हो ।

सुदुरपश्चिम प्रदेशमा कार्यक्रम तय भर उनी त्रिभुवन अन्तर्राष्ट्रिय विभानस्थलबाट धनगढीका लागि हेलिकप्टर चढेका थिए । तर सुरक्षा स्रोतले जनाए अनुसार इन्धन सकिन लागेपछि हेलिकप्टर गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरिएको हो ।

सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुन काठमाडौंबाट नेपाली सेनाको हेलिकोप्टरमा उनी उडेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

>