देश/प्रदेश

प्रावि प्रथम तह लिखित परीक्षाको नतिजा सार्वजनिक, कहिले हुन्छ उत्तीर्ण उम्मेदवारको अन्तर्वार्ता ?

Banner

काठमाडौँ, असार ३-

शिक्षक सेवा आयोगले प्राथमिक तह, प्रथम श्रेणी शिक्षक पदको आन्तरिक प्रतियोगितात्मक लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।

आयोगले गत चैत २१ गते भएको परीक्षाको नतिजा सार्वजनिक गरेको हो । आयोगका अनुसार लिखित परीक्षामा उत्तीर्ण भएका उम्मेदवारको असार २३ गते बिहान ८ बजेदेखि अन्तर्वार्ता हुने छ । भने निमावि तहका शिक्षकको अन्तर्वार्ता असार ११ गते र मावि तहका शिक्षकको अन्तर्वार्ता असार २१ गते तोकिएको छ ।

त्यस्तै आज सार्वजनिक भएको परीक्षा नतिजामा चित्त नबुझनेले असार ९ गतेसम्म आयोगको कार्यालयमा तोकिएको दस्तुर तिरेर निवेदन दिन सक्ने छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

>