Breaking News

रवी लामिछाने काँग्रेस,एमाले र राप्रपालगायतका दलसँग छलफलमा,कुन पार्टी प्रवेश गर्लान ?

Banner

काठमाडौं,असार ३-

संचारकर्मी रवी लामिछानेले पूर्णकालीन राजनीति गर्ने भन्दै ग्यालेक्सी फोर के बाट बिदा लिएका छन् । उनले बिहीबार आफू राजनीतिमा प्रवेश गर्न लागेको बताउँदै असार ७ गते काठमाडौंको सभागृहमा भेला गरेर के गर्ने भन्नेबारेमा घोषणा गर्ने बताएका थिए ।

स्रोतले दिएको जानकारीअनुसार लामिछाने संसदको चुनाव लड्ने तयारीमा छन् । उनी कांग्रेस, राप्रपालगायतका दलसँगको संवादमा रहेको स्रोत बताउँछ । यसलाई पुष्टि गर्दै लामिछाने निकट रहेका पत्रकार दीपक बोहोराले भने, “कांग्रेस, राप्रपालगायतका दलसँग पनि छलफल भइरहेको छ, एमालेका केही नेतासँग पनि छलफल भएको हो । नयाँ दल नै खोल्ने कि भन्नेमा पनि गृहकार्य भइरहेको छ ।”

उनले पनि ७ गते नै यसबारेमा जानकारी गराउने तयारी गरेका छन् । कांग्रेसका केही पदाधिकारी र राप्रपाका प्रमुख नेताहरुसँग लामिछानेले एकचरणको संवाद गरिसकेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area