चितवन विशेष

पर्यटनको विकासबाट देशको आर्थिक संकट समाधान गर्न सकिन्छ: उपमेयर अधिकारी

Banner

चितवन, असार २-

भरतपुर महानगर पालिकाका उपमेयर चित्रसेन अधिकारीले पर्यटन विकासका लागि होटल व्यवसायको सबैभन्दा ठूलो भूमिका रहने बताएका छन् ।

देशलाई आर्थिकरूपमा बलियो बनाउन निजी क्षेत्रको ठूलो भूमिका हुने भन्दै उपमेयर अधिकारीले होटल र पर्यटनको विकास गरेर धेरै भन्दा धेरै रोजगारी सिर्जना गर्न सकेमा देशमा देखिएको आर्थिक संकटको समाधान गर्न सकिने बताएका हुन् ।

भरतपुर महानगरपालिकाद्वारा आयोजित २१ दिने कुकिङ तथा बेकिङ तालिमको आज भरतपुमा उद्घाटन गर्दै उपप्रमुख अधिकारीले सबैलाई आत्मनिर्भर बनाउने गरी महानगरले कार्ययोजना बनाएको समेत प्रष्ट पारे ।

कुनै पनि काम सानो या ठूलो हँुदैन । उनले भने, ‘आफै आत्मनिर्भर बन्ने गरी काम गर्न सके बेरोजगारीको अन्त्य हुन समय नलाग्ने पनि उपमेयर अधिकारीको भनाइ छ । उनले पर्यटनलाई उत्पादन र रोजगारीसँग जोड्न पनि आग्रह गरे । भरतपुरलाई काठमाडौ र पोखरा पछिको तेस्रो पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने लक्ष्य अनुसार काम अगाडि बढिरहेको पनि उनले बताए ।

भरतपुर महनगरको वार्षिक कार्यक्रम अन्तर्गत सुरु भएको २१ दिने कुकिङ तथा बेकिङ तालिमको चितवन पर्यटन बिकास समिति र होटल व्यवसायी संघ चितवन सहयोगी संस्थाको रुपमा रहेका छन । भरतपुर महानगरमा ३० वटा भन्दा बढी पर्यटकीय गन्तव्य रहेका छन् । कार्यक्रममा प्रशिक्षक सुदिप भट्ट, होटल ब्यबसायी संघ चितवनका अध्यक्ष दिलकुमार श्रेष्ठ, पर्यटनबिद् डा बिश्वराज सुवेदी लगायतले मन्तव्य राखेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

>