चितवन विशेष

नारायणी नदीमा दुई महिला डुवेको अवस्थामा भेटिए,अवस्था गम्भिर

Banner

चितवन,जेठ २-

नारायणी नदीमा दुई जना महिला डुवेको अवस्थामा भेटिएका छन् । आज (बिहिबार) ३ बजेको समयमा भरतपुर महानगरपालिका वडा नम्वर ३ सामुदायीक भवन नजिक नारायणी नदीको झोलुङ्गे पुल नजिक नाम थर नखुलेका अन्दाजी ३० देखि ४० बर्ष उमेर समूहका महिलाहरु जमेको पानीमा डुवेको अवस्थामा भेटिएका हुन् । उनिहरु डुवेको खबर स्थानीयले प्रहरीलाई गरेपछि तत्काल उद्धार गरी उपचारका लागि भरतपुर अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । उनिहरु दुवैको अवस्था गम्भिर छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

>