तनहुँ

चितुवाको आक्रमणबाट ज्यान गुमाएका तनहुँका सुप्रिमको परिवारलाई ५० हजार रुपैयाँ

Banner

तनहुँ, असार २-

चितुवाको आक्रमणबाट ज्यान गुमाएका पाँच वर्षीय सुप्रिम बगाले मगरको परिवारलाई बन्दीपुर गाउँपालिकाले ५० हजार रुपैयाँ प्रदान गरेको छ ।

गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले हिजो मृतकका बुबा प्रेम बगाले मगरलाई रकम हस्तान्तरण गर्नु भएको हो । चितुवाको आक्रमणबाट अस्ति मङ्गलवार तनहुँको बन्दीपुर गाउँपालिका–१ बोडिस्वाँरामा सुप्रिमको ज्यान गएको थियो । उनी घर नजिकैको जङ्गलमा मृत फेला परेका थिए ।

गएको आइतवार पनि त्यही वडामा एक बालिका र एक पुरुष चितुवाको आक्रमणबाट घाइते भएका थिए । तनहुँमा अहिलेसम्म १२ जना बालबालिकाको चितुवाको आक्रमणबाट ज्यान गइसकेको छ । डिभिजन वन कार्यालयका निमित्त डिभिजन प्रमुख दयानिधि अर्यालले चितुवाको आक्रमण बढेपछि यस क्षेत्रका सामुदायिक वनमा पासो थापिएको जानकारी दिनुभयो ।

डिभिजन वन कार्यालयले काजक्रियाका लागि मृतकका परिवारलाई ५० हजार रुपैयाँ सहयोग गरेको छ । ‘९ लाख ५० हजार रुपैयाँ पनि छिट्टै प्रदान गर्छौँ’ प्रमुख अर्यालले भन्नुभयो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

>