समाचार

बागमती प्रदेशको रुबी भ्याली अझै बैंकिङ सेवाबाट टाढा

Banner

हेटौडा,असार २ –

बागमती प्रदेशअन्तर्गत सबै स्थानीय तहमा बैंकका शाखाहरू पुगे पनि रुबी भ्यालीमा भने अझै पुग्न सकेको छैन ।

बाग्मती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्मकट्टेलले बागमती प्रदेशमा दुई हजार ९४० बैंक तथा वित्तीय संस्थाका शाखाहरू स्थापना भएको जनाउँदै सो तथ्यांक सार्वजनिक गरेका हुन ।

‘२०७८ फागुन मसान्तसम्म धादिङ जिल्लाको रुबी भ्याली गाउँपालिकाबाहेक सबै स्थानीय तहमा वाणिज्य बैंकको शाखा पुगेको छ’ मन्त्री जम्मकट्टेले बजेट भाषणमा उल्लेख गर्दै भने ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.