Breaking News

विश्व क्रिकेट लिग २ः अमेरिकाद्धारा नेपालसामु २४६ रनको लक्ष्य पेश

Banner

काठमाडौँ, असार १–

घरेलु टोली अमेरिकाले नेपालसामु २४६ रनको लक्ष्य पेश गरेको छ । आइसीसी विश्व क्रिकेट लिग २ अन्तरगत मोसा क्रिकेट रंगशालामा जारी खेलमा अमेरिका ७ विकेटको क्षतिमा २४५ रनमा बनाउन सफल भयो ।

टस हारेर पहिले व्याटिङ गरेको अमेरिकाका व्याटरहरु नेपाली बलरसामु खुलेर खेल्न सकेनन् । अमेरिकाले पहिलो ओभरमै विकेट गुमाउन पुग्यो । पहिलो ओभरको पाँचौं बलमा करन केसीले स्टीवन टेलरलाई सुनिल धमलाको हातबाट १ रनमै क्याच गराए । टेलरले यसअघि पहिलो खेलमा नेपालसामु शतक प्रहार गरेका थिए । दबाबमा परेको अमेरिकाले तेस्रो ओभरका पाँचौं बलमा कमप्तान मोनक पटेललाई गुमाउन पुग्यो ।

करनले पटेललाई ४ रनको अवस्थामा आदिल अन्सारीको हातबाट आकर्षक क्याचआउट गराए । ८ रनको अवस्थामा २ विकेट गुमाएपछि अमेरिका व्याटरहरुले दवाबमा खेल्दै इनिङलाई सम्हालन कोशिस गरे । तेस्रो विकेटका लागि सुशान्त मोदनी र आरोन जोन्सले ८८ रनको उत्कृष्ट साझेदारी गरे । आरोन जोन्स ४३ रन बनाएर आउट भए । उनी दिपेन्द्र ऐरीबाट क्याच आउट हुन पुगे । ९६ रनमा ३ विकेट गुमाएको अमेरिका थप १४ रन जोड्दा अर्धशतक प्रहार गरेका सुशान्त मोदनीलाई गुमाउन पुग्यो । मोनीले सन्दीप लामिछानेको बलमा देव खनालबाट क्याचआउट हुनुअघि ५४ रन बनाए ।

यस्तै अमेरिकाको पारी उकास्न गजानन्द सिंहले महत्वपूर्ण भूमिका खेले । उनले ६० बलमा ५८ रन बनाए । साइतेजा मुक्कामल्लाले ३६ रन बनाए । निसर्ग पटेल १८ र क्यामरून स्टीभेन्सन १६ रनमा अविजित रहे ।

नेपालका लागि करन केसीले ६७ रन खर्चिदै ३ विकेट, सन्दीप लामिछानेले ४३ रन खर्चिदै २ विकेट लिए । सोमपाल कामी र दिपेन्द्र सिंह ऐरीले एक/एक विकेट लिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.