चितवन विशेष

भरतपुरका दुई वडा अध्यक्ष दिपक दवाडी र प्रकाश दवाडी सम्मानित

Banner

चितवन, असार १-

भरतपुर महानगरपालिका वडा नम्बर २३ का वडा अध्यक्ष दिपक दवाडी र १३ का वडा अध्यक्ष प्रकाश दवाडी सम्मानित भएका छन् ।

वशिष्ठ गोत्र दवाडी बंश अनुसन्धान प्रतिष्ठानको वार्षिक साधारण सभा तथा नवौं अवसरमा देवघाटको वागिश्वरीमा वडा अध्यक्षद्वय सम्मानित भएका हुन् ।

अनुसन्धान प्रतिष्ठानका केन्द्रीय अध्यक्ष भरतप्रसाद दवाडी र प्रतिष्ठानका सल्लाहकार पूर्वप्रमुख जिल्ला अधिकारी हिमनाथ दवाडीले उनीहरुलाई रुद्राक्षको माला लगाएर सम्मानित गरेका छन् । अधिवेशनकै अवसरमा ८० वर्ष कटेका वशिष्ठ गोत्रका दवाडी १४ जना वृद्धवृद्धालाई पनि सम्मानित गरिएको थियो । अधिवेशनमा प्रतिष्ठानका महासचिव श्रीराम दवाडीले सचिवको प्रतिवेदन र कोषाध्यक्ष ईन्द्रकमल दवाडीले कोषाध्यक्षको प्रतिवेदन पेस गरेका थिए ।

कार्यक्रममा स्वर्गीय पण्डित दीनानाथ दवाडीको स्मृत्तिमा ‘दिनानाथ–कृष्णकुमारी स्मृत्ति ग्रन्थ’ को अद्वेत संस्था संरक्षण मञ्च नेपालको केन्द्रीय अध्यक्ष ऋषिराम महासरस्वतीले विमोचन गरे । ग्रन्थमा लमजुङको विचौर सेरोफेरोको सांस्कृतिक र ऐतिहासिक पक्षको वर्णन गर्नुको साथै पण्डित दवाडीको स्मृतिमा लेखिएका विभिन्न लेखहरु समावेश छन् ।

दवाडी वंश अनुसन्धान प्रतिष्ठानले देवघाटको वागेश्वरीमा प्राप्त १० कठ्ठा जग्गाको संरक्षण गर्नुका साथै देश तथा विदेशमा छरिएर रहेका वशिष्ठ गोत्रीय दवाडीहरुलाई एकीकृत गरेर वृहत् वंशावली तयार गर्ने योजना बनाएको छ । अधिवेशनकै अवसरमा प्रतिष्ठानको नयाँ नेतृत्व चयन गर्नको लागि पूर्वशिक्षक बाबुराम दवाडीको नेतृत्वमा नयाँ समिति गठन गरिएको छ । अधिवेशनकै अवसरमा वागिश्वरीको वशिष्ट ऋषि आश्रममा दवाडीहरुको तीन वर्षमा गरिने कुलपूजा पनि गरिएको थियो । पूजामा पश्चिमा भैरहवादेखि झापासम्मका दवाडीहरुको सहभागिता रहेको थियो । लमजुङ, गोरखा, चितवन, काठमाडौँ र कास्कीमा मुख्यरुपमा दवाडीहरुको बसोबास रहेको छ । बसाइसराईको क्रममा अहिले भारतको आसामसम्म दवाडीहरुको बसोबास रहेको पाइन्छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

>