चितवन विशेष
चितवनको बाराही जंगल लजमा गायिका इन्दिरा जोशीको विवाह
०

चितवन, जेठ ३१–
चितवनको मेघौलीस्थित बाराही जंगल लजमा गायिका इन्दिरा जोशी र उनका प्रेमी शरद केडियाको आज विवाह भइरहेको छ ।
दुवै जनाको परिवार र सीमित आफन्तको उपस्थितिमा अहिले विवाह समारोह भइरहेको हो । इन्दिरा र फेसन डिजाइनर शरद तीन वर्षदेखि प्रेम सम्बन्धमा थिए । आइतबार मेहेन्दी उत्सव गरेकी इन्दिराले मंगलबार विवाह गर्न लागेको जानकारी दिएकी थिइन् ।
इन्दिरा नवलपरासी निवासी हुन् ।