नवलपुर

नवलपुरको देवचुलीमा सवारी दुर्घटना,एकको मृत्यु, एक घाइते

Banner

चितवन,जेठ ३१-

नवलपुरको देवचुलीमा मोटरसाइकल ट्याक्टरको पछाडि ठोक्किदा एक जनाको मृत्यु भएको छ । अन्य २ जना घाइते भएका छन् । देवचुली नगरपालिका वडा नम्वर ११ पृथ्वीनगरस्थित भित्री सडकखण्डमा पूर्वबाट पश्चिातर्फ गइरहेको लु १७ प ५३६१ नम्बरको मोटरसाइकल विपरीत दिशाबाट आउँदै गरेको मिक्चर बोकेको लु ४ त ४५१६ नम्बरको ट्याक्टरमा ठोक्किएको हो ।

दुर्घटनामा परी मोटरसाइल चालक देवचुली नगरपालिका ४ का ३२ वर्षीय राजकुमार थापाको मृत्यु भएको छ । थापाको उपचारको क्रममा भरतपुरमा मृत्यु भएको हो । दुर्घटनामा मोटरसाइकलमा सवार दुई जना घाइते भएका छन् । उनिहरुको भरतपुरमा उपचार भइरहेको नवलपुर प्रहरीले जानकारी दिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.