राजनीति
नेपाल परित्याग गरि राप्रपामै फर्किए उद्धव र चन्द्रबहादुर
०

काठमाडौं, जेठ ३१-
कमल थापा नेतृत्वको राप्रपा नेपाल परित्याग गरेका उद्धव पौडेल र चन्द्रबहादुर गुरूङ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मै फर्किएका छन्। उनीहरूले यही वैशाखमा राप्रपा नेपाल परित्याग गरेका थिए।
उनीहरूलाई सोमबार राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीमा स्वागत गरेका छन्। राप्रपाको महाधिवेशनमा लिङ्देनसँग अध्यक्षमा पराजित भएपछि कमल थापाले राप्रपा परित्याग गरी राप्रपा नेपाल पार्टी गठन गर्दा पौडेल र गुरूङले साथ दिएका थिए।
राप्रपा नेपालमा पौडेल उपाध्यक्ष र गुरूङ कोषाध्यक्ष थिए। उनीहरूले केही समयअघि राप्रपा नेपालका अध्यक्ष थापालाई साधारण सदस्य पनि नरहने गरी राजीनामा बुझाएका थिए।
पौडेल र गुरूङलाई राप्रपाले कुन जिम्मेवारी दिन्छ भन्ने खुलिसकेको छैन। ‘राप्रपामा उहाँहरूको पुनरागमनले हामी हर्षित र उत्साहित छौं,’ अध्यक्ष लिङ्देनले भने।