राजनीति
पीडित किसानले राहत नपाउनुमा गृह मन्त्रालय जिम्मेवार: कृषिमन्त्री
०

काठमाडौं, जेठ ३१-
कृषि तथा पशुपन्छी विकास मन्त्री महेन्द्रराय यादवले बेमौसमी वर्षका कारण पीडित किसानले सरकारी राहत नपाउनुमा दोषी आफू नभएको दाबी गरेका छन् ।
कृषि मन्त्रालयको बजेट र यसबारे सांसदहरुले गरेको प्रश्नको जवाफ दिंदै मन्त्री यादवले यस्तो दाबी गरेका हुन् ।
‘हामीले पीडित किसानको लागत संकलन गरेर गृह मन्त्रालय पठाएका हौं,’ मन्त्री यादवले भने, ‘वितरण हामीले गरेन भनेर आलोचना भएका छन्, तर दिने काम गृहको हो ।’
मन्त्री यादवले किसान अनुदान र उखु किसानका भुक्तानी पनि पारदर्शी बनाएको दाबी गरे ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>