राजनीति
अमेरिकाले प्रस्ताव गरेको १० बुँदेबारे सदनलाई जानकारी गराउः प्रेम सुवाल
०

काठमाडौं, जेठ ३१-
प्रतिनिधि सभामा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले अमेरिकाले हालै प्रस्ताव गरेको १० बुँदेबारे सदनलाई जानकारी गराउन माग गरेका छन् ।
प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै उनले नेपालमा अमेरिकी भित्राउन प्रमुख प्रतिपक्षी दल नेकपा एमाले समेत लागेको आरोप लगाए । ‘एमसीसी सम्झौता सैन्य मोर्चा भनेर हामीले विरोध गरेका थियौं ।
त्यतिबेला अमेरिकी सेना कसरी आउँछ भनेर साथीहरु भन्नुहुन्थ्यो । अहिले सरकारले १० बुँदे सम्झौता गर्न लागेको छ । त्यसमा नेपाली सेनाको व्यारेक अमेरिकी सेनाले प्रयोग गर्ने । नेपाली हल्का वायुयान अमेरिकाले प्रयोग गर्ने, उत्तरी क्षेत्रमा सैन्य अभ्यास गर्ने, अमेरिकाले ल्याउने सामानमा कर छुट दिने भन्ने छ,’ उनले भने ।
उनले जिम्मेवार मन्त्रीहरुले यथार्थ जानकारी सदनलाई जानकारी दिन जरुरी रहेको बताए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>