क्रिकेट

विश्वक्रिकेट लिग २ः नेपाल आज ओमानसंग भिड्दै

Banner

काठमाडौँ, जेठ ३१–

आइसीसी विश्व कप क्रिकेट लिग २ अन्तरगत तेस्रो खेलमा नेपालले आज ओमानसंग प्रतिस्पर्धा गर्दैछ ।

अमेरिकाको टेक्सासस्थित मोसा क्रिकेट रंगशालामा नेपालले ओमानसंग अन्तिम खेल खेल्न लागेको छ । आजको खेलसंगै ओमानको विश्व क्रिकेट लिगको साइकल पुरा हुनेछ । ओमानको अन्तिम अर्थात ३६औं खेल हो भने नेपालको यो १५औं खेल हो ।

अमेरिका भ्रमणको पहिलो खेलमा ओमानसंग नेपाल १३ रनको झिनो अन्तरले पराजित भएको थियो । दोस्रो खेलमा अमेरिकासंग नेपाल बराबरी खेल्दै अंक बाड्न बाध्य भएको थियो । आजको खेलमा नेपाललाई जित्नै पर्ने दवाब छ । एकदिवसीय मान्यता कायम राखी राख्न यस लिगमा नेपाल पाँचौं हुनुपर्नेछ । हाल १४ खेल खेलिसक्दा नेपाल १३ अंकका साथ छैठौं स्थानमा रहेको छ ।

नेपालले अमेरिका भ्रमण लगत्तै स्कटल्याण्ड भ्रमणमा निस्कने छ । यी दुई सिरिज नेपालका लागि निकै महत्वपूर्ण छ । हरेक खेल जित्नै पर्ने दवाबमा नेपाल रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.