चितवन विशेष
भरतपुरको योगी नरहरिनाथ संस्कृत गुरुकुलमबाट १३ बर्षिय बालक वेपत्ता
०

चितवन,जेठ ३०-
चितवनको भरतपुर महानगरपालिका १ वागिश्वरीमा रहेको योगी नरहरिनाथ संस्कृत गुरुकुलमबाट एक बालक वेपत्ता भएका छन् । गुरुकुलममा अध्ययनका लागि जेठ १९ गते आएका विद्यार्थी मन्जिल सेढाई ३० गते विहान ९ः३० बजेबाट सम्पर्कविहिन भएको गुरुकुलमले जनाएको छ । १३ बर्षिय सेढाईको घर हेटौंडा उपमहानगरपालिका ११ मा पर्छ । उनले कालो टिर्सट,कालो हापपाइन्ट,चप्पल लगाएका छन । कालो वर्णको पातला शरिर भएका उनलाई भेट्नुहुने र देख्नुुहुने जो कोहीले पनि नजिकैको प्रहरी कार्यालय वा सम्पर्क नम्वर ९८४६६३५५०७ मा खबर गरिदिनुहुन अनुरोध गरिएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>