Breaking News

काठमाडौं महानगरमा सुरु भयो पूर्वाधार एम्बुलेन्स,खाल्डाखुल्डी देखे पुरिहाल्ने

Banner

काठमाडौं, जेठ ३०-

काठमाडौं महानगरपालिकाले सडकका खाल्डाखुल्डी, ठाउँठाउँमा फुटेका ढल लगायत पूर्वाधार आकस्मिक मर्मतसम्भार गर्न पूर्वाधार एम्बुलेन्स सेवा सुरू गरेको छ । जसरी एम्बुलेन्समा बिरामीको आकस्मिक उपचार गर्न डाक्टर नर्स हुन्छन्, महानगरको यो एम्बुलेन्समा बिरामी पूर्वाधारको उपचार गर्न इञ्जिनियर वा प्राविधिक रहन्छन्। उनीहरूले आफूलाई चाहिने अत्यावश्यक उपकरण सँगै बोकेका हुन्छन्।

पूर्वाधार एम्बुलेन्समा एक इञ्जिनियरसहित चार जना मजदुरको टोली छ। महानगरले दुइटा एम्बुलेन्स तयारी अवस्थामा राखे पनि पहिलो चरणमा एउटा मात्र सञ्चालनमा ल्याएको छ। नवनिर्वाचित मेयर बालेन शाहले महानगरको पहिलो कार्यपालिका बैठकमा यो सेवा सुरू गर्ने प्रस्ताव पेस गरेका थिए।

बैठकले पारित गरेपछि गत शुक्रबार नै तयार पारिएको पूर्वाधार एम्बुलेन्स सोमबारबाट सञ्चालनमा आएको महानगरको सार्वजनिक निर्माण विभागका प्रमुख राम थापाले जानकारी दिए। पूर्वाधार एम्बुलेन्सका इञ्जिनियर हरिबहादुर बुढाले महानगरको कल सेन्टरमा सर्वसाधारणबाट आएका गुनासाका आधारमा आकस्मिक मर्मतसम्भार गर्न थालेको बताए।

सबभन्दा पहिला सर्वसाधारणले महानगरको कल सेन्टरमा फोन गरेर सूचना दिनुहुन्छ। हामी त्यही सूचनाका आधारमा उहाँहरूले भन्नुभएको ठाउँमा जान्छौं र के समस्या रहेछ निरीक्षण गर्छौं, उनले भने, निरीक्षण गरेर आएपछि मर्मतसम्भार गर्न के-कस्ता सामान चाहिन्छ भनी हिसाब निकालिन्छ अनि हामी पूर्वाधार एम्बुलेन्ससहित मर्मतसम्भार गर्न फिल्डमा पुग्छौं।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area