देश/प्रदेश

माधव नेपालले भने- नेपालमा विदेशी सेना रहेको सुनेँ, कहाँ छन् ?

Banner

काठमाडौं, जेठ ३०-

नेकपा एकीकृत समाजवादी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले कुनै पनि देशको हस्तक्षेप अस्वीकार्य रहेको बताएका छन् ।

प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको सोमबार बसेको बैठकमा उनले प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणबारे जिज्ञास राख्दै परराष्ट्र नीतिको ख्याल गर्न पनि सरकारलाई सुझाव दिए ।

प्रधानमन्त्री देउवाको आसन्न अमेरिका भ्रमणबारे संसद र नागरिकलाई जानकारी दिनुपर्ने भन्दै अध्यक्ष नेपालले यसको तयारीबारे पनि जिज्ञासा राखे ।

पहिलोपटक आफूले नेपालमा विदेशी सेना रहेको सुनेको जानकारी दिँदै उनले यसबारे प्रष्ट पार्न सरकारको ध्यानाकर्षण पनि गराए ।

बैठकमा उनले भने, ‘समितिमा धेरै कुराहरू उठेका छन्। विदेशी सेना नेपालमा छन् भन्ने पनि भर्खरै पहिलोचोटि सुनेँ। त्यो हो भने गम्भीर कुरा हो। कहाँ छन् रु कुन कुन देशका छन् ?’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

>