देश/प्रदेश
तनहुँमा चितुवाको आक्रमणबाट दुई घाइते, नियन्त्रण गर्न खोर राखियो
०

तनहुँ, जेठ ३०
तनहुँको बन्दीपुर चितवा नियन्त्रण गर्न खोर राखिएको छ । बन्दीपुर गाउँपालिका-१ र ४ मा चितुवाको आक्रमणबाट दुई जना घाइते भएपछि डिभिजन वन कार्यालय तनहुँको सहयोगमा खोर राख्न लागेको हो।
चितुवाको त्रास बढेपछि नियन्त्रणका लागि भएपछि बन्दीपुर–१ बाघदलेमा फलामे खोर राखिन लागिएको बन्दीपुर–१ का वडाध्यक्ष शिवकुमार श्रेष्ठले जानकारी दिए।
बन्दीपुर गाउँपालिका–४ टावरमा चितुवाको आक्रमणबाट आठ वर्षीया रियाना थापा र बन्दीपुर गाउँपालिका–१ बागदलेमा भिमलाल गरञ्जालाई घरमै चितुवाले आक्रमण गरि घाइते बनाएको थियो ।
दुवै घाइतेको डुम्रेमा रहेको मोती मेडिकलमा उपचार गरिएको र अवस्था खतरामुक्त रहेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>