गण्डकी

पोखरा र पाल्पा उद्योग वाणिज्यबीच सहकार्य गर्ने सहमति

Banner

पोखरा,जेठ ३०-

पोखरा र पाल्पा उद्योग वाणिज्य संघबीच पर्यटन र व्यावसायिक क्षेत्रमा सहकार्य गर्ने सहमति भएको छ । दुवै संघले साझा एजेण्डामा सहकार्य गर्ने सहमति जनाएका छन् । पाल्पा उद्योग बाणिज्य संघको टोली अवलोकन भ्रमणको क्रममा पोखरा आइपुगेको छ । सोही क्रममा अन्तरक्रिया गर्दै पर्यटनका क्षेत्रमा सहकार्य गर्ने सहमति भएको हो । पाल्पा र पोखरा पर्यटकीय सहर हुन् ।

पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कोइरालाले निजी क्षेत्रलाई फुटाउने र मानमर्दन गर्ने प्रवृत्तिका विरुद्ध साझा अभियान चलाउन तयार हुनुपर्ने बताए । ‘अहिले व्यवसायका क्षेत्रमा चौतर्फी प्रहार छ । हामी साझा एजेण्डामा एकै ठाउँ हुनुपर्ने बेला आएको छ,’ उनले भने, ‘केही सहकार्य गर्ने क्षेत्रहरु पनि छन् । हाम्रो सरोकारका क्षेत्रमा सँगै हुनुपर्छ ।’

आवश्यक पर्दा उद्योगीरव्यवसायीहरुको साथ र सहयोग खोज्ने तर अरु बेला विभिन्न बहानामा दुःख दिने काम प्रशासनबाटै भएको भन्दै त्यसले निजी क्षेत्रलाई निरुत्साहित गरेको बताए । पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष राजु महर्जनले उद्योग वाणिज्य संघहरुले पूर्वाधारदेखि आर्थिक उत्थानका विभिन्न कार्यमा ठूलो योगदान गरेपनि स्थानीय सरकारले त्यो भूमिकाको कदर नगरेको गुनासो गरे ।

उनले नेपाल उद्योग वाणिज्य महासंघले पनि जिल्ला तथा नगर उद्योग वाणिज्य संघहरुको समस्या समाधानमा ध्यान नदिएको आरोप लगाए । नेपाल उद्योग वाणिज्य महासंघ ठूला घरानाको लागिमात्रै भएको उनको गुनासो थियो । खासगरी नाकामा सामानको अनुगमन नगर्ने र अनावश्यक रुपमा पछि दुख दिने काम भएको दुवै उद्योग वाणिज्य संघको गुनासो छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

>