देश/प्रदेश

गृहमन्त्रीको नेतृत्वमा विपद् व्यवस्थापन कार्यकारी समिति बैठक बस्दै

Banner

काठमाडौं, जेठ ३०-

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठक आज सोमबार बिहान सिंहदरबारमा बस्दैछ । गृहमन्त्री बालकृष्ण खाँणका अध्यक्षतामा रहेको समितिको बैठक बिहान साढे ८ बजेपछि गृह मन्त्रालयमा बस्न लागेको हो ।

गृह मन्त्रालयका अनुसार बैठकले मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना-२०७९ स्वीकृत गर्ने एजेण्डा छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बर्खामा विपद्‍बाट २० लाख जनसंख्या प्रभावित हुनसक्ने आँकलनसहित कार्ययोजना बनाइसकेको छ ।

कार्यकारी समितिमा विभिन्न मन्त्ती, सचिव र सुरक्षा अंगका प्रमुखहरूको सहभागिता रहनेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

>