समाचार

नेपाली सेना भरपर्दो स्थल शक्ति र संसारकै पूरानोमा एकः अमेरिकी जनरल फ्लिन

Banner

काठमाडौं,जेठ २९-

अमेरिकी सेनाको प्रशान्त क्षेत्रका प्रमुख चार्ल्स ए फ्लिनले नेपाली सेना भरपर्दो जमिनी शक्ति र संसारकै पुरानो सेनाहरुमध्ये एक रहेको उल्लेख गरेका छन् । आफ्नो चारदिने नेपालको औपचारिक भ्रमणको अन्तिम दिन आइतबार नेपाली सेनाको शिवपुरीस्थित सैनिक कमान्ड तथा स्टाफ कलेजमा तालिमरत शिक्षार्थी अधिकृतहरु र प्रशिक्षकहरुसँग अन्तरक्रिया गर्दै फ्लिनले यस्तो बताएका हुन् ।

उनले शनिबार नेपालका सुरक्षा मामिला जानकारहरु र पूर्व जर्नेलहरुसँगको अन्तरक्रियामा पनि नेपाली सेनाको प्रसंशा गर्दै नेपाल ल्यान्डपावर भएको बताएका थिए । प्रमुख फ्लिनले कलेज परिसरमा वृक्षारोपण पनि गरेको नेपाली सेनाले जनाएको छ । उनी आइतबार बिहान पाँचखालस्थित नेपाली सेनाको वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रको भ्रमण पनि गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

छुटाउनु भयो कि?

>