गण्डकी
पहिरो खसेपछि कालीगण्डकी करिडोर अवरुद्ध
०

रामपुर (पाल्पा), जेठ २९–
पहिरो खसेपछि कालीगण्डकी करिडोर सडकखण्ड अवरुद्ध बनेको छ ।
पाल्पाको रामपुुर नगरपालिका–१ स्थित स्याउलीबजार नजिकै पहिरो खसेपछि सडक अवरुद्ध बनेको हो । करिडोरअन्तर्गतको निर्माणाधीन कालीगण्डकी पक्की पुल नजिकै स्याउलीबजारदेखि तिरतिरेधाराको बीच भागमा पहिरो खसेको छ ।
रामपुरदेखि काठमाडौँ, वीरगञ्ज, नारायणगढ, कावासोतीलगायतका लागि छुटेका गाडीहरू र काठमाडौं, वीरगञ्ज, नारायणगढ, कावासोतीलगायतका ठाउँबाट रामपुर आउँदै गरेका गाडीमा सवार यात्रुहरु अलपत्र परेको ज्ञानमञ्जरी प्राथमिक विद्यालयका प्रधानाध्यापक दानस मल्लले जानकारी दिनुभयो ।
माथिबाट सुक्खा पहिरो झर्ने क्रम जारी रहेकाले तत्काल बाटो खुलाउने काम जोखिम भएको प्रहरी चौकी केलादीले जनाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>