चितवन विशेष

गैसस महासंघ चितवनमा दुवाडीको नेतृत्व

Banner

रत्ननगर, जेठ २९

गैरसहकारी संस्था महासंघ नेपाल जिल्ला शाखा चितवनको बार्षिक साधारण सभा तथा १०औं अधिवेशनले पार्वती घिमिरे दुवाडीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

समितिको उपाध्यक्षमा पद्मा श्रेष्ठ,सचिवमा रामचन्द्र आचार्य,सहसचिवमा रामकुमार श्रेष्ठ र कोषाध्यक्षमा जनक कार्की चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा कमलराज खनाल,अनुप अधिकारी,चन्द्रकुमारी चौधरी,गीता राई,माया श्रेष्ठ,रसु थकाली,किशोर खनाल र निर्वतमान अध्यक्षमा सुरेश कुमार अधिकारी चयन भएका छन् ।

विगत लामो समय देखि डेक नेपालले सञ्चालन गरेको परियोजना मार्फत चितवनका सीमान्तकृत चेपाङ समुदायको सशक्तिकरण र जीवन स्तर उकास्ने काममा महत्वपूर्ण भूमिका खेल्दै आएका कार्कीले महासंघको जिल्ला कोषाध्यक्षको जिम्मेवारी पाएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.