Breaking News

प्रचण्डले भनेः क्रान्ति अझै बाँकी छ, निर्णायक संघर्ष आवश्यक

Banner

काठमाडौं, जेठ २९–

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले क्रान्ति अझै बाँकी रहेकाले निर्णायक संघर्षको आवश्यकता रहेको बताएका छन् ।

आज आइतबार सम्पन्न एकीकृत अखिल नेपाल शिक्षक संगठन केन्द्रीय समितिको पूर्णबैठकमा सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन् ।

उनले माओवादीले जितेका १२२ स्थानीय तहलाई विकासको मोडलको रूपमा विकास गर्नुपर्ने बताउँदै देशका नमूना बनाइने प्रतिबद्धता जनाए । उनले माओवादी सशस्त्र आन्दोलनमा शिक्षकको भूमिकाको प्रशंसासमेत गरे ।

संघर्ष, रुपान्तरण र एकताको सो बैठकले शैक्षिक तथा पेशागत माग र मुद्दाको पक्षीकरण र सम्बद्ध नेतृत्वबाट सम्बोधन गर्ने प्रतिबद्धता जनाएको केन्द्रीय कोषाध्यक्ष कुलप्रसाद खतिवडाले बताए । बैठकमा अखिल नेपाल शिक्षक संगठन र अन्य संगठनबाट भेरी कर्णाली ब्यूरो सदस्यसहित प्रवेश गरेको उनले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

छुटाउनु भयो कि?

>