देश/प्रदेश

भवन शिलान्यास गर्दै मन्त्री आलेले भनेः पान खाएर पिचिक्क थुक्ने काम नहोस्

Banner

काठमाडौं,जेठ २९-

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक तर्फको आगमन टर्मिनल भवन शिलान्यास भएको छ । आइतबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले भवनको शिलान्यास गरेका हुन् ।

आन्तरिक हवाई यात्रुको चाप बढेसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिकतर्फको टर्मिनल भवन बनाउन लागेको बताएको छ । भवनको शिलान्यास गर्दै मन्त्री आलेले भवन निर्माणको काम समय अगावै सक्न भवन निर्माणको जिम्मा पाएको ब्राइट मल्टी कन्स्ट्रक्सनसँग आग्रह गरे । एक वर्षभित्र आन्तरिक टर्मिनल भवन ५ करोडमा निर्माण गर्ने लक्ष्य छ । उनले प्रस्तावित आन्तरिक टर्मिनल भवनमा भीआईपी कक्ष, शौचालयको व्यवस्था, यात्रुलाई बस्ने व्यवस्था र ६० वर्ष उमेर समूहमाथिका मानिसलाई बस्न कुर्सीको व्यवस्था हुनेपनि बताए । उनले अबका दिनमा विमानस्थलमा हुने फोहोरलाई व्यवस्थापन गर्न निर्देशन दिए । मन्त्री आलेले विमानस्थलमा सरसफाइलाई ध्यान दिन पनि आग्रह गरे ।

मन्त्री आलेले भने, ‘कम्तीमा पनि प्यासेन्जर आउँदा आधा घण्टा उभिने अवस्था नआओस् । ५ मिनेटमै आफ्नो लगेज लिएर घर जाने व्यवस्था होस् भनेर हामीले त्यो तयारी गरेका छौँ । म निर्माण कर्तालाई भन्न चाहन्छु । समय सकिनुभन्दा अगावै काम सम्पन्न गर्नुस् भन्न चाहन्छु । प्रस्तावित आन्तरिक टर्मिनल भवनमा भीआईपी कक्ष, शौचालयको व्यवस्था पनि हुनेछ । यात्रुलाई बस्ने व्यवस्था, ६० वर्ष उमेर समूहमाथिका मानिसलाई बस्न कुर्सीको व्यवस्था हुनेछ । ब्यागेज बेल्ट जहाँ चलिरहेको छ हाम्रो यसलाई टर्मिनल बिल्डिङमा कन्भर्ट हुनेछ । यसलाई तपाईंहरू मेन्टन गर्नुहोस् । पान खाएर पिचिक्क थुक्ने काम नहोस् । फोहोर फाल्ने काम नहोस् । आगामी दिनमा सरसफाइलाई व्यवस्थापन गर्ने गरेर काम गर्नुहोस् ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

>