अर्थ

सुनको मूल्य बढेर ९९ हजार २०० मा कारोबार

Banner

काठमाडौं, जेठ २९-

सुनको मूल्य आइतबार एक हजार ५०० रुपैयाँले वृद्धि भएको छ । गत साताको अन्तिम दिन शुक्रबारको तुलनामा आइतबार तोलामा १ हजार ५०० रुपयाँले बढेर ९९ हजार २०० रुपैयाँमा कारोबार भइरहेको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबार प्रतितोला ९७ हजार ७०० रुपैयाँमा किनबेच भएको थियो । आइतबार तेजाबी सुनको मूल्य प्रतितोला ९८ हजार ७ ०० रुपैयाँ निधारर्ण गरिएको छ । त्यस्तै चाँदीको मूल्य भने प्रतितोला एक हजार २८० रुपैयाँमा नेपाली बजारमा कारोबार भइरहेको छ । चाँदीको भाउ पनि १५ रुपैयाँले बढेको छ । आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस एक हजार ८७२ र चाँदी प्रतिऔंस २२ दशमलव ८९ डलरको हाराहारीमा कारोबार भइरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

>