अन्तर्राष्ट्रिय

नाइजेरियामा मङ्कीपक्स सङ्क्रमितको सङ्ख्या ३१

Banner

नाइजेरिया, जेठ २९-

नाइजेरियामा मङ्कीपक्स सङ्क्रमितको सङ्ख्या ३१ पुगेको छ । नाइजेरियामा जनवरीदेखि ११० जनामा मङ्कीपक्सका शङ्कास्पद विरामी भेटिएका थिए । उक्त रिपोर्ट अनुसार नाइजेरियामा मङ्कीपक्स प्रकोपको खतरा धेरै भएको कारण मे महिनादेखि राष्ट्रिय आकस्मिक परिचालन केन्द्रलाई सक्रिय बनाइएको हो ।

मङ्कीपक्सका लक्षणहरूः

अचानक ज्वरो आउने, टाउको दुख्ने, शरीर दुख्ने, घाँटी दुख्ने, घाँटी र बङ्गारामुनि ग्रन्थी बढ्ने त्यसपछि अनुहार, हत्केला, खुट्टाको पैताला, गुप्ताङ्ग र शरीरको अन्य भागमा सुरुमा पानीका फोका देखिने र पछि पाक्ने र पीप जम्ने समस्या देखिएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

>