देश/प्रदेश

जिसस प्रमुखमा गठबन्धनबाट राई र एमालेबाट श्रेष्ठको मनोनयन

Banner

खोटाङ, जेठ २९ –

जिल्ला समन्वय समिति खोटाङको प्रमुखमा गठबन्धनबाट जसपाका सनबहादुर राई र एमालेबाट किशोरकुमार श्रेष्ठको मनोनयन दर्ता भएको छ ।

३० जेठमा हुने जिल्ला समन्वय समितिको निर्वाचनका लागि शनिबार प्रमुखमा राई र श्रेष्ठको उम्मेदवारी दर्ता भएको हो । जिल्ला समन्वय समितिको उपप्रमुखका लागि गठबन्धनबाट माओवादी केन्द्रका सुरेस तामाङ र एमालेबाट सन्तोष राईको मनोनयन दर्ता भएको छ । चुनावी भागवण्डाकै क्रममा गठबन्धनभित्र जिसस प्रमुख जसपालाई दिने सहमती भएको थियो ।

खुला सदस्यमा गठबन्धनबाट कांग्रेसका दुर्गाप्रसाद घिमिरे, ज्ञानेन्द्र राई, मोहन सुप्तीहाङ राई, महिला सदस्यमा कांग्रेसका कला राई, माओवादी केन्द्रकी विष्णुमायाँ राई र नेकपा एकीकृत समाजवादीका दिलकुमारी राई तथा दलित सदस्यमा माओवादी केन्द्रकी चमेली बिश्वकर्माको उम्मेदवारी दर्ता भएको छ । एमालेले जिसस सदस्यमा भने मनोनयन दर्ता नगराएको मुख्या निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

छुटाउनु भयो कि?