मकवानपुर

ग्यास बुलेटले मोटरसाईकललाई ठक्कर दिँदा बाबु छोरीको मृत्यु

Banner

हेटौंडा,जेठ २८-

हेटौंडाको पूर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा-९ पशुपतिनगरमा ग्यास बुलेटको ठक्करबाट मोटरसाइकल चालक र सवार एक गरी दुई जनाको मृत्यु भएको छ।

विपरीत दिशाबाट जाँदै गरेको मोटरसाइकल र हेटौंडातर्फ आउदै गरेको उक्त बुलेट एक आपसमा ठक्कर खाई दुर्घटनाग्रस्त भएको स्थानीयवासी तथा सामुदायिक सेवा प्रहरी मकवानपुर सहसचिव रमिला सापकोटा बताइन् । एनओएल ०१ एल २९७१ नम्बरको ग्यास बुलेटले ना ६१ प ४५७९ नंबरको मोटरसाईकललाई ठक्कर दिएको हो । ठक्कर दिँदा हेटौँडा ९ का इश्वरकुमार तामाङ तथा उनकी २६ वर्षीय छोरी अमिना तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

घाइते दुबैलाई उपचारको क्रममा हेटौंडा अस्पतालमा ल्याईएकोमा अस्पतालले मृत्यु घोषणा गरेको मकवानपुर प्रहरीले जनाएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

छुटाउनु भयो कि?