Breaking News

माइला विद्युत पोलमा चढ्को ६ घण्टा बित्यो, विद्युत प्रवाह बन्द, प्राधिकरणलाई ६० लाख घाटा

Banner

नुवाकोट, जेठ २८-

नुवाकोटको ककनी त्रिशूली प्रसारण लाइन थ्री एको तारमा एक पुरूष पुगेको ६ घण्टा भन्दा धेरै भएको छ । बेल्कोटगढी नगरपालिका–१३ घलेगाउँका माइला विक नाम गरेका एक पुरुष बिहान करिब १० बजेदेखि प्रसारण लाइनको तारमा पुगेको हो ।

माइला प्रसारण लाइनको तारमा पुगेदेखि माथिल्लो त्रिशुली थ्री ए र केही साना जलविद्युत आयोजनाको विद्युत उत्पादन बन्द गर्दा प्राधिकरणलाई ६० लाखको घाटा भएको छ ।

स्थानीयले उनलाई पोलमा चढेको देखेपछि करेन्ट लाग्न सक्ने डरले प्रहरी र विद्युत प्राधिकरणलाई गरिएको थियो। स्थानीयले खबर गरे लगतै विद्युत सेवा बन्द गरिएको छ ।

त्यस्तै स्थानीय मिलेर माइलालाई त्यहाँबाट तल झार्ने प्रयास गरिरहेका छन्। तर प्रयास अझै सफल भएको छैन। त्यस्तै उनको उद्धारको लागि थप प्रहरी परिचालन गर्ने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालले बताए।प्रहरीका अनुसार विकको मानसिक सन्तुलन ठिक नभएको कारण उसको उद्धारमा कठिनाइ भइरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.