Breaking News
करिब १० बजेदेखि एक पुरूष विद्युतको पोलमा चढ्दा विद्युत प्रवाह बन्द
०

काठमाडौँ, जेठ २८-
नुवाकोटमा एक जना पुरूष विद्युतको तारमा झुन्डिएका छन्।
प्रहरीका अनुसार ककनी गाउँपालिका–७ स्थित त्रिशुली मातातीर्थ प्रशारण लाइनमाको खम्बाबाट तारसम्म एक व्यक्ति पुगेपछि माथिल्लो त्रिशुली थ्री ए र केही साना जलविद्युत आयोजनाको उत्पादन बन्द गरिएको हो । उनी ५/६ घण्टादेखि तारमा समातेर बसिरहेका कारण विद्युत प्रवाह गर्न नसकिएको प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईले बताए ।
बेल्कोटगढी नगरपालिका–१३ घलेगाउँका माइला विक नाम गरेका व्यक्ति आज बिहान करिब १० बजेदेखि विद्युतको पोलमा चढेपछि स्थानीय र प्रहरी हैरान बनेका हुन्। स्थानीयले उनलाई देखेपछि प्रहरीलाई खबर गरेका थिए र हाल उनलाई पोलबाट झर्ने प्रयास भइरहेको छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>