Breaking News

पहिरोको कारण बाटो अवरूद्ध, काठमाडौं–पोखरा हवाइ यात्रुको संख्यामा वृद्दि

Banner

काठमाडौँ, जेठ २८-

वर्षाको कारण पहिरो गएर बाटो अवरूद्ध हुन थालेपछि काठमाडौं–पोखरामा हवाइ यात्रुको संख्या बढेको छ । पहिरोका कारण लामो समय सम्म बाटो अवरूद्ध हुने र समयमा गन्तव्य पुग्न सम्भव नभएपछि हवाइ यात्रुको संख्या वृद्दि भएको हो ।

काठमाडौंबाट पोखराका लागि नियमित उडान गर्दै आएका एयरलाइन्स कम्पनीहरूका अनुसार बुधबारदेखि यो गन्तव्यमा यात्रा गर्ने यात्रुको संखया बढ्न थालेको छ ।

बुद्ध एयरलाइन्सले काठमाडौं–पोखरा दैनिक १३ उडान गर्दै आइरहेको छ। जस्मा बुधबारदेखि शुक्रबारसम्म बुद्ध एयरलाइन्सले तीन हजार ७८७ यात्रुले काठमाडौंदेखि पोखरा यात्रा गरेको थियो । त्यस्तै यती एयरलाइन्सले काठमाडौं–पोखरामा दैनिक ६ उडान गर्दै आइरहेको छ। र हाल यात्रुको संखया पनि बढ्को छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

>