चितवन विशेष

माडीमा करेन्ट लागेर घाइते भएका बृद्धको अस्पताल पुग्न नपाई मृत्यु

Banner

चितवन, जेठ २७-

चितवनको माडीमा करेन्ट लागेर एक जना बृद्धको मृत्यु भएको छ । माडी नगरपालिका ६ रामराज्यपुर निवासी ६० बर्षिय नम बहादुर थापा मगरको करेन्ट लागेर मृत्यु भएको हो ।

आफ्नै घरमा काम गर्ने क्रममा उनलाई अचानक उच्च भोल्टको करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । बिहीबार साँझ ७ बजे फलामको लामो रड घरमाथि चढाउने क्रममा रडको टुप्पोले विद्युत वितरण केबुल (तार) मा छोइन पुग्दा थापामगरलाई करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी (डिएसपी) नरहरी अधिकारीले बताउनुभयो ।

करेन्ट लागेर गम्भिर घाइते भएका मगरलाई उपचारका लागि बघौंडा अस्पताल ल्याउने क्रममा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको भरतपुर अस्पतालमा पोस्टमार्टम पछि आज (शुक्रबार) माडीमा अन्त्यष्टी गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

>