अर्थ

मूल्य वृद्धिदर नियन्त्रणबाहिर,घ्यु तेलको मूल्य २४ प्रतिशले बढ्यो

Banner

काठमाडौं,जेठ २७-

मूल्य वृद्धिदर नियन्त्रणबाहिर पुगेको छ । सरकारले चालु आर्थिक वर्षमा उपभोक्ता मुद्रास्फीतिदर साढे ६ प्रतिशत कायम राख्‍ने लक्ष्य राखेकोमा वैशाख मसान्तसम्म ७.८७ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ३.६५ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ७.१३ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ८.४५ प्रतिशत रहेको छ ।

२०७९ वैशाख मसान्तसम्म वार्षिक विन्दुगत मासिक औषत मुद्रास्फीति ५.८४ प्रतिशत पुगेको छ । सबैभन्दा बढी मूल्य वृद्धिदर घ्यु तथा तेल समूहमा भएको छ । २०७८ वैशाख महिनाको तुलनामा २०७९ वैशाख महिनामा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत घ्यू तथा तेल, फलफूल, दुग्ध पदार्थ तथा अण्डा, दाल तथा गेडागुडी र सुर्तीजन्य पदार्थ उपसमूहको मूल्यवृद्धि क्रमशः २४.८६ प्रतिशत, १२.६१ प्रतिशत, ११.३० प्रतिशत, १०.५३ प्रतिशत र ९.७० प्रतिशत रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

>