मौसम
चारवटा प्रदेशमा आज बिहानैदेखि वर्षा
०

चितवन,जेठ २७-
जल तथा मौसम विज्ञान विभागका अनुसार चारवटा प्रदेशमा आज बिहान वर्षा भइरहेको छ । प्रदेश–१, मधेस प्रदेश, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ । प्रदेश–१, मधेस प्रदेश, वाग्मती प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहेको छ । गण्डकी प्रदेश र अन्य प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली छ । बाँकी भू–भागमा आज बिहान आंशिक बदलीदेखि मौसम सफा छ ।
विभागका अनुसार आज दिउँसो प्रदेश १, मधेस प्रदेश, वाग्मती र गण्डकी प्रदेशलगायत अन्य प्रदेशका पहाडी भू–भागमा सामान्यदेखि पूर्ण बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>