देश/प्रदेश
धरान उपमहानगरका हरेक कुरा लाइभ हुने छः मेयर हर्क साम्पाङ
०

काठमाडौं,जेठ २६-
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले जनताले मागेका कुनैपनि सार्वजनिक सूचना दिइने बताएका छन् । उनले बिहीबार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत कसैले सूचना लुकाउन चाहे आफूलाई खबर गर्न पनि आग्रह गरेका छन् ।
साथै उनले अबदेखि हरेक कुरा लाइभ हुने पनि बताएका छन् । तर के कुराको लाइभ गर्ने भन्ने स्पष्ट पारेका छैनन् । आज बस्ने भनिएको कार्यापालिका बैठक वडाध्यहरू सहभागी नहुँदा बस्न नसकेपछि उनले लगातार फेसबुकमा स्टाटस राखेका छन् ।