Breaking News

विश्व क्रिकेट लिग २ः ओमानविरुद्ध नेपाल बलिङ गर्दै

Banner

काठमाडौँ, जेठ २६–

आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तरगत अमेरिका भ्रमणमा रहेको नेपालले आज ओमानविरुद्ध पहिलो खेल खेल्दै छ ।

पहिलो खेलमा नेपाल टस हारेपछि पहिला फिल्डिङ गर्दैछ। ह्युस्टस्थित मुसा क्रिकेट स्टेडियममा ओमानका कप्तान जिशान मकसुदले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका छन् ।

नेपालले आज जितका साथ सिरिजमा उत्कृष्ट सुरुवात गर्न चाहन्छ ।

जारी सिरिजमा नेपाल १२ खेलमा ६ मा जित र ६ मा हारका साथ छैटौं स्थानमा छ । ओमान ३२ खेलमा १९ मा जित र १२ मा हारका साथ शीर्षस्थानमा छ । नेपालका लागि अमेरिका भ्रमण निकै महत्वपूर्ण रहेको छ ।

नेपालको प्लेइङ ११ः

सुवास खकुरेल, सुनिल धमला, देव खनाल, दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल (उपकप्तान), आरिफ शेख, विनोद भण्डारी ९विकेटकिपर०, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने (कप्तान) र सुशान भारी ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

>