देश/प्रदेश

दोश्रो कार्यकालका लागि लमजुङका १३ वडा अध्यक्ष पुरानै

Banner

लमजुङ, जेठ २६ –

स्थानीय तह निर्वाचनअन्तर्गत लमजुङका १३ जना वडा अध्यक्ष दोश्रो कार्यकालका लागि निर्वाचित भएका छन् । जिल्लाका ७५ वडामध्ये विभिन्न स्थानीय तहका १३ जना वडा अध्यक्ष दोस्रो पटक निर्वाचित भएका हुन् ।

दोहोर्‍याउने वडा अध्यक्षमध्ये मध्यनेपाल, सुन्दरबजार र क्होलासोँथारमा तीन-तीन जना छन् भने मर्स्याङ्दीमा दुई जना, बेसीशहर र दोर्दीमा एक एकजना रहेका छन् । जिल्ला निर्वाचन कार्यालयको तथ्यांकअनुसार बेँसीसहरको वडा नम्बर ८ को अध्यक्षको दोस्रो कार्यकाल रहेको छ । यसैगरी, दोर्दीको वडा ६ का वडा अध्यक्ष पुनः निर्वाचित भएका हुन् ।

मध्यनेपाल नगरपालिकाअन्तर्गत वडा नम्वर २, ६ र १० र सुन्दरबजार नगरपालिका वडा नम्वर २, ३ र ७ का वडा अध्यक्ष दोस्रो कार्यकालका निम्ती निर्वाचित भएका हुन् । यस्तै, क्होलासोँथार गाउँपालिका वडा नम्वर १, ५ र ६ का वडा अध्यक्ष र मर्स्याङ्दी गाउँपालिकाको वडा नम्वर १ र २ का वडा पुनस् निर्वाचित भएका हुन् । राईनास र दुधपोखरीमा भने दोहोर्‍याउने वडा अध्यक्ष शून्य छन् ।

निर्वाचित जनप्रनिधिमध्ये तीन जना पालिका प्रमुख समेत दोस्रो पटक निर्वाचित भएका छन् । बेसीशहर नगरपालिका प्रमुख गुमानसिंह अर्याल, मध्यनेपाल नगरप्रमुख रमेशकुमार पाण्डे र मर्स्याङ्दी गाउँपालिका अध्यक्ष अर्जुन गुरुङ दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् । चिया तथा कफी विकास बोर्डका तत्कालिन कार्यकारी निर्देशक गौतमसहित चार कर्मचारीविरुद्ध अख्तियारको आरोपपत्र दायर

काठमाडौं, जेठ २६-

राष्ट्रिय चिया तथा कफी विकास बोर्डका तत्कालिन कार्यकारी निर्देशक शेषकान्त गौतम, तत्कालीन प्रशासन शाखा प्रमुख रघुपति चौधरी, कृषि विकास अधिकृत गौरव लुईंटेल र लेखा अधिकृत टंकप्रसाद ओलीविरुद्ध अख्तियार दुरुपयोग अनुशन्धान आयोगले विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।

०७२ सालमा प्रकाशित कर्मचारी पदपुर्तिका क्रममा न्यूनतम शैक्षिक योग्यता नहेरी, बदनियत राखी न्यून एवं अमिल्दो शैक्षिक योग्यताको तथ्यलाई लुकाईछिपाई योग्यता नपुगेका आवेदकको दरखास्त फारामहरु ठीक छ भनी प्रमाणित गरी गलत प्रतिवेदन दिई स्वीकृत गरेको अख्तियारको आरोप छ ।

राष्ट्रिय चिया तथा कफी विकास बोर्डले मिति २ असोज २०७२ मा कृषि प्राविधिक र लेखापाल पदमा निवेदन आह्वान गरेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

छुटाउनु भयो कि?