अन्तर्राष्ट्रिय

पाकिस्तानी जनरलहरू तटस्थता त्यागेर फोहोरी खेलमा

Banner

इस्लामाबाद, पाकिस्तान, जेठ २३-
हालैका महिनाहरूमा, पाकिस्तानमा आम चुनावको आह्वान चर्को भएको छ र यस्तो देखिन्छ कि ‘तटस्थ जनरलहरू’ आफ्नो तटस्थता त्यागेर फोहोरी खेलमा आइरहेका छन् । देशमा चाँडो निर्वाचन गराउन दबाब दिँदै आगामी सेना प्रमुख नियुक्त गर्न सकौं भन्ने आशय उनीहरुबाट स्पष्ट झल्किरहेको छ जुन पाकिस्तानीहरुको स्वतन्त्रताका लागि हानीकारक छ ।

निर्वाचन घोषणा गर्नुअघि नै कामचलाउ सरकार बनाउने सम्भावना रहेकाले सेनाले राजनीतिक र आर्थिक नेता छनोट गर्ने कुरा गरिरहेको इस्लाम खबरले विश्वसनीय प्रतिवेदनलाई उद्धृत गर्दै जनाएको छ ।

पाकिस्तानका पूर्व वित्तमन्त्रीहरू हाफिज शेख र शौकत तारिन, स्टेट बैंकका पूर्व गभर्नर राजा बाकिरलाई जनरलहरूले अन्तर्राष्ट्रिय मुद्रा कोषको छलफलमा परामर्शका लागि बोलाए। जनरलहरू आईएमएफको सहयोग गुमाउन नगुमाँउदै तत्काल बेलआउट प्राप्त गर्न एकजुट दृष्टिकोणको खोजिमा छन् ।

यसैबीच, पूर्व प्रधानमन्त्री इमरान खानले मे २५ मा इस्लामावाद लङ मार्च सुरु गर्ने घोषणा गरेका छन्। आफ्ना मागहरू प्रस्तुत गर्दै, पीटीआई अध्यक्षले आफूले नयाँ चुनावको मिति र विधानसभा विघटनको माग गरिरहेको बताएका छन्, इस्लाम खबरले रिपोर्ट गरेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

>