चितवन विशेष

गैँडाकोटमा रहेको अपाङ्ग जीवन विकास संस्थालाई अटोमोबाइल्स बचत तथा ॠण सहकारी संस्थाको सहयोग

Banner

चितवन, जेठ २२-

गैँडाकोटमा रहेको अपाङ्ग जीवन विकास संस्थालाई अटोमोबाइल्स बचत तथा ॠण सहकारी संस्थाले सहयोग गरेको छ ।

अटोमोबाइल्स बचत तथा ऋण सहकारी संस्थाको आज पर्न गएको ११ आंै स्थापना दिवसको अवसरमा चितवन अटोमोबाइल्स एशोसिएसनका अध्यक्ष कृष्णप्रसाद भण्डारीले संस्थालाई विभिन्न सहयोग गरेका हुन् ।

संस्था सञ्चालक समितिका पदाधिकारीहरु तथा सदस्यहरु, विभिन्न उप–समितिका संयोजकहरु एवम् सदस्यको उपस्थितिमा अपाङ्ग जीवन विकास संस्थामा आश्रित अपाङ्गता भएका व्यक्तित्वहरुलाई खाना खुवाउनुका साथै खाद्यान्न हस्तान्तरण गरिएको छ ।

कार्यक्रममा अपाङ्ग जीवन विकास संस्थाका अध्यक्ष बालकृष्ण सापकोटाले सहयोग हस्तान्तरण गर्न आएकोमा अटोमोबाइल्स परिवारलाई धन्यवाद दिए । संस्थामा २० जना आश्रित छन् । संस्थाले अलपत्र परेका अपाङ्गता भएका नागरिकलाई उद्दार गर्दै घरपरिवारको सम्पर्क भएकालाई पुनः उनीहरुकै परिवारलाई जिम्मा लगाउने गरेको जानकारी दिए ।
सोही अवसरमा संस्थाका सञ्चालक समितिका सदस्य कृष्णराज वाग्लेले १५ थान तन्ना संस्था मार्फत् अपाङ्ग जीवन विकास संस्थालाई सहयोग गरेका छन् । संस्थाका सचिव पदमनाथ न्यौपानेले सञ्चालन गरेको सो कार्यक्रमको संयोजन संस्थाका सञ्चालक समितिका सदस्य दिपककुमार रानाभाटले गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.