क्रिकेट

फेरि विवादको भूमरीमा क्यानः अख्तियारमा मुद्धा, सर्वोच्चले माग्यो जवाफ

Banner

काठमाडौं, जेठ १९–

विवादकै कारण एक समय निलम्बनमा परेको नेपाल क्रिकेट संघ (क्यान) अहिले फेरि उस्तै विवादमा फसेको छ । क्यानले नेपालकै चर्चित फ्रेन्चाईज लिग एभरेस्ट प्रिमियर लिग (ईपीएल) ट्वान्टी–२० क्रिकेट प्रतियोगितालाई राष्ट्रिय प्रतियोगिताको मान्यता नदिएपछि अहिले क्यान पुनः विवादित बनेको हो ।

अहिले यही सम्बन्धित मुद्धा अख्तियारदेखि सर्वोच्च अदालतसम्म पुगेको छ । ईपीएल आयोजकले यही जेठ १२ गते क्यानविरुद्ध सर्वोच्चमा रिट दायर गरेपछि अदालतले ईपीएल गर्नका लागि स्वीकृति नदिएको क्यान र राष्ट्रिय खेलकुद परिषद् (राखेप)लाई १५ दिनभित्र लिखित जवाफ पेस गर्न आदेश दिएको छ । सर्वोच्चले अन्तरिम आदेश जारी गर्नु नपर्ने कारणका विषयमा जवाफ पेस गर्न आदेश दिएको हो ।

न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले जारी गरेको आदेशमा भनिएको छ–‘यसमा के कसो भएको हो ? निवेदकको मागबमोजिमको आदेश किन जारी हुनु नपर्ने हो रु आदेश जारी हुन नपर्ने भए आधार कारणसहित यो आदेश प्राप्त भएको मितिले बाटोको म्यादबाहेक १५ दिनभित्र आफैँ वा आफ्नो कानुनबमोजिमको प्रतिनिधिमार्फत महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेस गर्नू भनी यो ओदश जारी गरिएको छ ।’

क्यानले आफूले गर्ने नेपाल टि–२० लिग मात्रै राष्ट्रिय प्रतियोगिता रहेको र यसअघि आयोजना भएका ईपीएल, पोखरा प्रिमियर लिग र धनगढी प्रिमियर लिगलाई क्षेत्रीय लिगका रूपमा आयोजना गर्न अनुरोध गरेको थियो ।

अख्तियारमा क्यानको छानविन

क्यानको विवाद सर्वोच्च अदालतमा मात्र होइन पुनः अख्तियार दुरुपयोग अनसुन्धान आयोगसम्म पुगेको छ । विगतमा यही ठाउँमा मुद्दा पर्दा क्यान लामो समय निलम्बनमा परेको थियो ।

अहिले नेपाल टी–ट्वान्टी लिगको अधिकार खरिदको विषयमा अख्तियारमा मुद्दा परेको हो । नेपाल टी–ट्वान्टी लिगको अधिकार क्यानले भारतीय कम्पनी सेभेन स्पोर्ट्सलाई बेचेको छ । लिगको अधिकार बेच्दा टेन्डर आह्वान नगरेको भन्दै मुद्दा परेको हो ।

आयोगका सहायक प्रवक्ता वेदप्रसाद भण्डारी अख्तियारले यो मुद्दाको विषयमा छानविन प्रकृया थालनी गरेको जानकारी दिएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

छुटाउनु भयो कि?

>