देश/प्रदेश

वृद्धभत्ता नलिने बाबुराम भट्टराईको घोषणा

Banner

चितवन, जेठ १५–

पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले वृद्धभत्ता नलिने घोषणा गरेका छन् ।

सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०७९÷८० को बजेट भाषण पश्चात संचारकर्मीहरुसंग कुरा गर्दै डा.भट्टराईले यस्तो घोषणा गरेका हुन् । सरकारले बजेट भाषण मार्फत वृद्धभत्ता लिने उमेर घटाउँदै ६८ वर्ष पुर्‍याएको छ ।

यसअघि ७० वर्ष पुगेकाले मात्रै वृद्धभत्ता पाउने व्यवस्था थियो । आफू पनि वृद्धभत्ता पाउने उमेर समूहमा परेको भन्दै भट्टराईले वृद्धभत्ता नलिने घोषणा गरेका हुन् । ‘सरकारको बजेट अनुसार म पनि वृद्धभत्ता लिने समूहमा परेको छु, तर म गरिब देशको जनता भएकाले वृद्धभत्ता नलिने घोषणा गर्दछु’–डा.भट्टराईले भने ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

>