Breaking News
खैरहनीको मेयरमा कांग्रेका शशी र उपमेयरमा एमालेकी कविता निर्वाचित
०

चितवन, जेठ ४–
चितवनको खैरहनी नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ ।
आज अपरान्ह सम्पन्न मतपरिणाम अनुसार नगर प्रमुखमा कांग्रेसका शशी खनियाँ निर्वाचित भएका हुन् । खनियाँले १४ हजार ५४५ मत प्राप्त गरे भने उनका निकटम प्रतिद्धन्द्धी नेकपा(एमाले)का लालमणि चौधरीले १३ हजार ६९५ मत प्राप्त गरे ।
चौधरी यसअघिका नगर प्रमुख हुन् ।
यस्तै उपप्रमुखमा नेकपा (एमाले)की कविता उप्रेती निर्वाचित भएकी छन् । उप्रेतीले १४ हजार १६४ मत प्राप्त गरिन् भने उनका निकटतम प्रतिद्धन्द्धी माओवादी केन्द्रकी लक्ष्मी ढकालले ९ हजार ६७० मत प्राप्त गरिन् ।
खैरहनीमा कुल १३ वडा मध्ये ७ वटा नेकपा (एमाले) जितेको छ भने ६ वटा नेपाली कांग्रेसले जितेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>