Breaking News

भरतपुर महानगरमा रेनु दाहालको २००० मतको अग्रता, सुवेदीको मत कति ?

Banner

चितवन, जेठ ४-

भरतपुर महानगरपालिकामा माओवादी केन्द्रबाट मेयरकी उम्मेदवार रेनु दाहालले २००० मतको अग्रता लिएकी छन् ।

वडा नम्बर ७ को गणना चलिरहँदा उनले सो मतको अग्रता लिएकी हुन् ।

महानगरपालिकामा ३० हजार २५२ मतको गणना गर्दा दाहालले ११ हजार ९० मत ल्याएकी छन् भने उनलाई पछ्याइरहेका एमालेका मेयरका उम्मेदवार विजय सुवेदीले नौ हजार ९० मत ल्याएका छन् । त्यसैगरी स्वतन्त्रबाट जगन्नाथ पौडेलले चार हजार ९५८ मत पाएका छन् ।

त्यस्तै उपमेयरमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीले १३ हजार २४५ मत ल्याउँदा राप्रपाकी हिमला गुरुङले सात हजार ३७१ मत ल्याएकी छन् । वडा नम्बर ७ को गणनामा वडा अध्यक्षमा एकीकृत समाजवादीले ९३९ मत र सूर्यले ८२८ मत ल्याएको छ । अहिले वडा नम्बर ७ को गणना नसकिँदै वडा नम्बर ८ को गणना सुरु गरिएको छ । ८ को प्रारम्भिक गणनामा वडा अध्यक्षमा एमालेले १५७ मत ल्याउँदा कांग्रेसले १९४ मत ल्याएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

>