चितवन विशेष

माडीको मेयरमा माओवादी पराजित भएसँगै नगर उपाध्यक्ष पनेरुले दिए राजीनामा

Banner

चितवन, जेठ ३-

नेकपा माओवादी केन्द्रका माडी नगर उपाध्यक्ष सन्तोष पनेरुले पदबाट राजीनामा दिएका छन् ।

स्थानीय तहको निर्वाचन अन्तरगत नगरप्रमुख पदमा नेकपा (माओवादी केन्द्र) बाट ऋषिराम काफ्ले पराजित भएसँगै उनले नैतिकताका आधारमा राजीनामा दिएको सामाजिक सञ्जालमार्फत् जनाएका हुन् ।

काफ्लेलाई नगरप्रमुखको उम्मेदवार बनाउने सिफारिस गराउन पार्टीको माडी नगर कमिटीमा र टिकट दिलाउन केन्द्रमा भूमिका खेल्नेमध्येका एक उनले नगरप्रमुखको पराजयको सन्दर्भमा ‘आफ्नो असक्षमतालाई सुधार्ने कोशिस गर्ने’ भन्दै नैतिकताका आधारमा राजीनामा दिएको जनाएका छन् ।

माडी नगरपालिकामा माओवादी केन्द्रले बाम लोकतान्त्रिक गठबन्धनभित्र रही चार वटा वडाध्यक्षमा जीत हासिल गरेको छ । मेयरको उम्मेदवार चयनका क्रममा सो पार्टीभित्र व्यापक रस्साकस्सी र विवाद चलेपछि मनोनयन दर्ता गर्ने दिनको अन्तिम समयमा काफ्लेको नाउँमा टिकट आएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

>