Breaking News

चितवनको इच्छाकामनामा एमालेका दानबहादुर गुरुङको एक हजार बढी मतले अग्रता

Banner

चितवन, जेठ ३-

चितवनको एक मात्र गाउँपालिका इच्छाकामना गाउँपालिकाको अध्यक्षमा एमालेका उम्मेदवार दानबहादुर गुरुङले एक हजार छ मतको अग्रता लिएका छन् ।

वडा नम्बर ६ को गणना चलिरहँदा पछिल्लो मत परिणाम अनुसार गुरुङले नेपाली कांग्रेसकी अध्यक्षको उम्मेदवार गीताकुमारी गुरुङलाई फराकिलो मत अन्तरले पछाडि पारेका हुन् । एमालेका दानबहादुरले चार हजार २२२ मत ल्याउँदा कांग्रेसकी गीताकुमारीले तीन हजार २१६ मत ल्याएकी छन् । अब ६ को गणना सकेर वडा नम्बर ७ को गन्न बाँकी रहेको छ । जम्मा तीन हजार २०० मत गन्न बाँकी रहँदा दानबहादुरको फराकिलो अग्रताले उनको जित सुनिश्चित जस्तै बन्दै गएको छ ।

सरकारी विद्यालयको प्रधानाध्यापक बनेका दानबहादुर पेन्सन पाक्न चार वर्ष मात्रै बाँकी रहँदा स्थायी जागिर छाडेर चुनावी मैदानमा एमालेबाट उत्रिएका हुन् । एमाले निकट शिक्षक संगठनको जिल्ला अध्यक्षसमेत रहेका गुरुङ सो क्षेत्रमा निकै लोकप्रिय नेता मानिन्छन् । अध्यक्षको प्रतिस्पर्धी गीताकुमारी पनि शिक्षा क्षेत्रबाट नै राजनीतिमा आएकी हुन् ।

त्यसैगरी उपाध्यक्षमा माओवादी केन्द्रका प्रताप गुरुङले तीन हजार ६५१ मत ल्याएर अग्रता लिएका छन् । उनकी प्रतिस्पर्धी एमालेकी माया सिलवालले तीन हजार ६३५ मत ल्याएकी छन् । सिलवाल गुरुङ भन्दा १६ मतले पछाडि परेकी छन् । यसअघि २०७४ सालमा कांग्रेसले विजय हासिल गरेको इच्छाकामनामा अहिले एमालेले राम्रो मत ल्याएको छ । गाउँपालिकाको वडा नम्बर १ को अध्यक्षमा माओवादी, २, ३, ४ र ५ मा एमाले विजयी भएको छ । अब वडा नम्बर ७ गन्न बाँकी रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published.

>