राजनीति
उदयपुरमा गठबन्धनका उम्मेदवारको जित
०

उदयपुर, ३ जेठ-
उदयपुरको आठ स्थानीय तहमध्ये चार गाउँपालिकामा सत्ता गठबन्धनले जित हासिल गरेको छ ।
चार नगरपालिका र चार गाउँपालिका रहेको उदयपुरमा चार गाउँपालिकाको नजिता सार्वजनिक भएको हो । गठबन्धनबाट नेकपा माओवादी केन्द्रले रौतामाई, ताप्ली र लिम्चुङबङु गाउँपालिकामा विजय हासिल गरेको छ भने उदयपुरगढी गाउँपालिकामा नेकपा एकीकृत समाजवादीका उम्मेदवार विजयी भएका छन् ।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले उदयपुरगढी, रौतामाई, ताप्ली गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा जितेका थिए । २०७९ सालमा एमाले गठबन्धनको कारण पराजित भएर वडामै सिमित भएको मतपरिमाणले देखाएको छ । सत्ता गठबन्धनका नेपाली कांग्रेसले भने चारवटै पालिकामा उपाध्यक्ष जित हात पारेका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>